दशैँको अवसरमा नेपाल एयरलाइन्सको जहाजले भैरहवा उडान भर्ने-Sutra News

दशैँको अवसरमा नेपाल एयरलाइन्सको जहाजले भैरहवा उडान भर्ने

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाल एयरलाइन्सले दशैँको अवसरमा काठमाडौँ–भैरहवा–काठमाडौँ उडान गर्ने भएको छ ।



नेपाल एयरलाइन्सका अनुसार फूलपाती अर्थात २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो ।

काठमाडौँबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी सात हजार रुपैयाँ भाडा तोकिएको एयरलाइन्सले जनाएको छ ।

आरए १७३३ उडान नम्बरको जहाज बिहान ११ बजे काठमाडौँबाट उड्ने भएको छ । सोही जहाज दिउँसो १२ः३० बजे भैरहवाबाट काठमाडौँ उड्ने छ ।

भैरहवाबाट तीन हजार ८९० रुपैयाँमा काठमाडौँ फर्किन पाइने छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाट अनलाइन टिकट लिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट