प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख सहयोग-Sutra News

प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख सहयोग

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । असोज दोस्रो हप्तामा देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले उत्पन्न विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति गरेको भन्दै प्रभु समूहले दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।



प्रभु समूहअन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सोमबार कोषमा सहयोग रकम प्रदान गरेको हो ।

एक कार्यक्रमबीच प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रभु समूहअन्र्तगतका उल्लेखित संस्थाबाट प्रदान गरिएको उक्त सहयोगले बाढी पहिरो तथा डुबानबाट पीडितको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट