बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो-Sutra News

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको संख्या २४६ पुगेका छन् ।



नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आजसम्म १७८ जना घाइते भएका छन् । १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार कूल १७ हजार १७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट