आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

आज मिति २०८१ असोज २२ गते मंगलबार । सन् २०२४ अक्टोबर ८ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व असोज शुक्ल पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजे भयो भने सूर्यास्त साँझ ५ बजेर ४२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन बौद्धिक कार्यबाट केही भए पनि लाभ हुने समय छ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तजनको साथले खुशी मिल्नेछ भने दाम्पत्य सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

बृष

तुलनात्मक रूपमा साताकै चुनौतीयुक्त दिन छ । पछिल्तिर बसेर कुरा काट्नेहरु बढनेछन् भने ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । वादविवादको समेत सम्भावना रहेकोले सक्दो मौनता धारण गर्नु हितकर होला । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु उचित हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्नसक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । मान्यजन वा अभिभावकवर्गलाई रुष्ट हुन नदिन व्यवहारमा सरलता अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

राजनीतिमा बर्चस्व बढाउन सकिने समय भएपनि जागिरे कार्यमा केही समस्या पैदा हुनसक्ने दिन छ । काममा झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव वृद्धि हुनेछ भने ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रयत्न गर्दा जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट

ब्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम मिल्नसक्ने समय छ । सोचेको काम पुरा हुन सक्छ, तर अध्ययनरअध्यापनमा खासै मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

पराक्रम वृद्धि हुनेछ । आजको दिन आवश्यक परेका प्रायः सबै कामकुराहरू बन्नेछन् । आर्थिक लाभ हुन समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । सकारात्मक कर्मबाट ठूला व्यक्तिको विश्वास जित्न सकिएला । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या

नियमित कार्यमा व्यवधान पैदा भइ चिडचिडापनले पैदा हुनसक्ने समय छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने योग छ । समयले खासै साथ नदिने देखिएकोले महत्वपूर्ण कार्ययोजना थाती राख्नु उचित हुनेछ । सामाजिक मर्यादामा संकट आउन नदिन विशेष प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

तुला

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै विशेष काममा नजिकका नातेदारको साथ–समर्थन मिल्ने दिन छ । रुपैयापैसा तथा अन्नलाभ हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग भएकोले प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा रहेकालाई फाइदा नै हुनेछ । आरोग्यता रहला । खर्च भने केही वृद्धि हुनसक्छ, सचेत रहनुहोस् ।

बृश्चिक

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने माध्यमको थालनी पनि हुन सक्छ । सोचेका काममा सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । । दिन खुशी साथ बित्ने देखिन्छ ।

धनु

दिन शुभदायी रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ स्थानको यात्रा हुने र यात्रागत कार्यबाट केही धनको पनि आर्जन हुनसक्ने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मकर

समय मध्यमस्तरको छ । सोचेअनुरुप काम पूरा गर्न कठिन पर्ने समय छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, धैर्य राख्नु उचित हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य भने कायम रहला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ, तथापि नजिकका साथीभाइकै कारण सोचेको काममा बाधा आइपर्न सक्छ । अरुको काम धेरै गर्नुपर्ला, कामको जश पनि कमै मिल्ने देखिन्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष लाभ छ ।

मीन

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । सामान्य अस्वस्थताको सम्भावना रहेपनि आत्मबल कायम रहनेछ । खर्च केही वृद्धि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट