काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रिसेसनमा १.७७ अंकले बढ्दै नेप्से २६९२.४९ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा कारोबारमा आएका अधिंकाश कम्पनीको मूल्यमा बृद्धि भयो । कारोबारमा आएका ३६ कम्पनीमध्ये १९ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो ।
यो सेसनमा २ हजार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ लाख ८७ हजार ९ सय रुपैयाँको भयो । जसमा विशेषगरी जलविद्युत समूहकै कारोबार उच्च रह्यो ।
केही दिनदेखि उत्साहित देखिएको नेप्सेमा सोमबार पनि उच्चको बृद्धि भएको थियो । सोमबार ३७.१३ अंकले बढ्दै नेप्से २६९०.७२ को बिन्दुमा उक्लिएको थियो ।
आजको प्रिसेसनमा पनि नेप्सेमा उत्साह कायमै रहने संकेत गरेको छ ।