लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ-Sutra News

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे तेस्राे काराेबार दिन (मंगलबार) पनि सुन–चाँदीको भाउ घटेकाे छ । आइतबारदेखि निरन्तर घटिरहेकाे सुनचाँदीकाे भाउ मंगलबार पनि घटेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारकाे तुलनामा आज प्रतिताेला चार सय रूपैयाँले मूल्य घटेकाे छ । मूल्य घटेसँगै मंगलबार सुनकाे मूल्य प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

यसअघि सोमबार सुनकाे मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्यलाइ पछ्याउँदै मंगलबार चाँदीको मूल्य पनि घटेको छ। साेमबारकाे तुलनामा मंगलबार चाँदी प्रतिताेला ४० रूपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।

आजका लागि चाँदीकाे मूल्य प्रतिताेला एक हजार नौ सय ४० रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । यसअघि साेमबार चाँदी प्रतिताेला एक हजार नाै सय ८० रूपैयाँमा किनबेच भएकाे थियाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेकाे घटबढकाे प्रभाव स्थानीय बजारमा पर्ने गरेकाे छ । जसकाे प्रभावस्वरूप नै केही दिनदेखि मूल्यमा तिव्र घटबढ चलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट