काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।
गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै उनले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नु पर्ने उनको भनाइ थियो ।
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।