बाढी प्रभावित क्षेत्र हेर्न गृह, भौतिक र रक्षा मन्त्री सिन्धुली पुगे-Sutra News

बाढी प्रभावित क्षेत्र हेर्न गृह, भौतिक र रक्षा मन्त्री सिन्धुली पुगे

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौँ । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री सिन्धुली पुगेका छन् ।



गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मंगलबार बिहान खुर्कोट पुगेका हुन् ।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे ।

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षण गरेका थिए ।

अहिले उनीले बाढी पहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट