कांग्रेस नेतृ गुरुङको मृत्यु-Sutra News

कांग्रेस नेतृ गुरुङको मृत्यु

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौँ । पाठेघरको क्यान्सरबाट पीडित लमजुङको दूधपोखरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ ।



दूधपोखरी गाउँपालिका ५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

विं.सं. २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उनी निर्वाचित भएकी थिइन् । लामो समयदेखि कांग्रेसमा सक्रिय उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट