सेयर बजारमा किन आयो करेक्सन ?-Sutra News

सेयर बजारमा किन आयो करेक्सन ?

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजारमा करेक्सन आएको छ । दुई दिन लगातार ९३ अंकको बृद्धिपछि मंगलबार २७.३९ अंकले नेप्से घटेको हो । मंगलबारको कारोबारसँगै नेप्से २६६३.३२ को बिन्दुमा ओर्लिएको छ ।



करेक्सनसँगै नेप्सेमा कारोबार रकम पनि घटेको छ । १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँमै सीमित भयो । जुन पछिल्लो चार कारोबार दिनयताकै कम कारोबार रकम हो ।

आज कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ । सबै सूचक राताम्मे हुँदा मंगलबार कारोबारमा आएका २४४ कम्पनीमध्ये २०७ कम्पनीको मूल्य घट्यो । ३५ को मूल्यमा सामान्य बृद्धि हुँदा २ को मूल्य स्थिर रह्यो ।

करेक्सन आउँदै गर्दा पनि आज मिड सोलुको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

७ कारोबार दिनअघि २४ सयको बिन्दुमा झरेको नेप्से त्यसयता क्रमशः बृद्धिको अवस्थामा छ । योबिचमा यो दोस्रो करेक्सन हो । यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन २६.०७ अंकले नेप्से घटेको थियो ।

बजारका जानकार आजको गिरावटलाई सामान्य करेक्सन भएको बताउँछन् । जानकारका अनुसार करेक्सनले नै बजारलाई अगाडि बढ्न मद्दत गर्दछ ।

यद्यपि, चाडपर्वको प्रभावका कारण पनि बजार घटेको हुनसक्ने सम्भावना छ । ठूला लगानीकर्ता सक्रिय नहुनु र अल्पकालिन लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा बजारमा यस्ता गिरावट आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट