सरकारको निर्णय- पूर्वअर्थ सचिवको नेतृत्वमा आयोग गठनदेखि हिमाल खुला गर्नेसम्म-Sutra News

सरकारको निर्णय- पूर्वअर्थ सचिवको नेतृत्वमा आयोग गठनदेखि हिमाल खुला गर्नेसम्म

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौँ । सरकारले बाढी पहिरोका कारण संकट ग्रस्त घोषणा गरिएका जिल्लामा राहत, पुनस्र्थापनाको काम तीव्र ढंगले भएको दाबी गरेको छ ।



मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विपद् संकटग्रस्त घोषणा भएका पालिकामा खाद्यान्न लैजानदेखि अवरुद्ध सडक, सञ्चार, विद्युत सुरु गर्ने काम तीव्र भएको बताए ।

उनले प्रभावित जनतालाई राहत र पुननिर्माणका लागि आवश्यक रकम पठाउनका लागि जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद्ले सरकारका पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्च स्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्नेदेखि हुलाक सेवा विभागअन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट