काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समय तालिका सार्वजनिक गरेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने भएको हो ।
उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म राष्ट्रपतिले टीका लगाइदिएका छन् ।