आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

आज मिति २०८१ असोज २३ गते बुधबार । सँ २०२४ अक्टोबर ९ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व असोज शुक्ल षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजे भयो भने सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

केही मात्रामा आर्थिक समस्याले सताएपनि काम गर्न जाँगर चल्ने र धनलाभ हुने दिन छ । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । कुनै नयाँ कामको योजना बनाइरहनुभएको छ भने अघि बढ्नु उचित हुनेछ । सन्तानसुख तथा प्रेमभाव बढ्नेछ । दाम्पत्य सम्बन्धमा मिठास रहला । यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भएको महसूस हुनेछ ।

बृष

आजको दिन अनावश्यक रुपमा मन त्रसित रहन सक्छ । कसैसँग हल्का मनमुटाव पनि होला । मनमा तर्कनाको लहर चल्न सक्छ, आफूलाई शान्त राख्ने चेष्टा गर्नु हितकर हुनेछ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य पनि सामान्य तवरले कमजोर रहन सकछ । चोटपटकको भय रहेकोले सावधान रहनुहोला । समस्या परेको अवस्थामा मित्र एवम् आफन्तजनको साथ मिल्नेछ ।

मिथुन

जागिरमा खासै मन नलागे पनि राजनीति तथा समाजसेवाको कार्यमा सफलता र सन्तुष्टि प्राप्त हुने समय छ । धन, मान–आदर मिल्नेछ । राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने सकिने योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकारको भाव वृद्धि हुनेछ । धार्मिक क्षेत्रमा खर्च लगाउनु भावी समयका लागि उचित हुनेछ । कृषिकार्यबाट फाइदा लिन सकिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

पराक्रम बढ्ने समय छ । अतिथिका रूपमा सम्मान पाइएला । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद रहने योग छ । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ला । सवल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख र यात्रागत कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

दिन केही चुनौतीयुक्त छ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । आज तपाइलाई अल्छीपनले सताउने देखिन्छ । अस्वस्थताको अनुभूति होला । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तजन तपाईंको पक्षमा रहनेछन् ।

तुला

परिश्रमअनुसार उपलब्धि राम्रै पाइने दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । बुद्घिको सही प्रयोग भइ चिताएको काम बन्नेछ । अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

चिताएको काममा सफलता पाइने समय छ । कसैबाट समर्थन मिल्नेछ भने धनलाभको योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउला । मित्रजन एवम् परिवारबाट सुखको अनुभुति होला । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहला । सुख–सुविधाको बस्तुमा खर्च बढ्न सक्छ ।

धनु

रोकिएको काममा सफलता मिल्ने दिन छ । इष्टमित्रको सहयोग प्राप्त होला । आयबल बढ्नेछ । समाजिक सम्मान प्राप्त हुने समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइने सम्भावना छ । रमाइलो यात्राको योग पनि रहेको छ । रसरागात्मक कार्यमा आकर्षण रहला । मनोरञ्जनका क्रममा दिन बित्नेछ ।

मकर

बेकामको क्षेत्रमा पैसा खर्च हुने सम्भावना रहेकोले आज विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्य पनि खास अनुकुल नरहला । भौतिक सरसामनको क्षति हुने योग छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । कर्मबल भने बढ्नेछ । खेलकूद उवम् भ्रमणमा आकर्षण रहनेछ ।

कुम्भ

भाग्यबल बढ्नेछ । बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल रहला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।

मीन

सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका बाटाहरु खुल्नेछन् । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । दौडधुपको मिठो परिणाम प्राप्त होला । आफन्तजनको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट