श्रीमतीको हत्या गरी टाउको बोकेर हिँड्ने पुरुष पक्राउ-Sutra News

श्रीमतीको हत्या गरी टाउको बोकेर हिँड्ने पुरुष पक्राउ

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरी टाउको बोकेर बजारमा हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका ६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ छन् ।



मंगलबार साँझ उनले पत्नी २८ वर्षीया प्रमिला लामाको हत्या गरी टाउको बोकेर हिँडेको प्रहरीले जनाएको छ । भारतबाट दशैँ मनाउन घर आएका उनले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूका दुई बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमिलाले चियाको व्यापार गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट