दसैंअघिको अन्तिम कारोबार दिनको प्रिसेसनमै घट्यो नेप्से-Sutra News

दसैंअघिको अन्तिम कारोबार दिनको प्रिसेसनमै घट्यो नेप्से

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) घटेको छ । प्रिसेसनमा १.५२ अंकले घट्दै नेप्से २६६१.७९ को बिन्दुमा ओर्लिएको छ ।



प्रिसेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका २६ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १८ को मूल्य घट्यो । १ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

प्रिसेसनमा कारोबार रकम भने यसअघिको दिनको तुलनामा केहीले बढेको छ । ५ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २५ लाख ३९ हजार ७९३ रुपैयाँको भयो ।

कारोबार रकमका आधारमा प्रिसेसनमा सानिमा बैंक अग्रस्थानमा रह्यो । सानिमाको कुल ९ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

अन्य दिन जस्तै यसदिन पनि जलविद्युत कम्पनीको कारोबार सबैभन्दा बढी भयो ।

यसअघि मंगलबार नेप्से २७.३९ अंकले घट्दै २६६३.३२ को बिन्दुमा झरेको थियो । सँगै अधिकांश कम्पनीको पनि मूल्यमा गिरावट आएको थियो ।

मंगलबार नेप्से घट्दै गर्दा कारोबार रकममा पनि गिरावट आएको थियो । मंगलबार ४ अर्ब ५९ करोडमै कारोबार रकम सीमित भएको थियो ।

लगातार बृद्धिका बिच मंगलबार नेप्से घटेको थियो । जसको प्रभाव स्वरुप प्रिसेसनमा पनि घटेको देखिन्छ । सँगै दसैंअघिको अन्तिम कारोबार दिन भएको कारण आज नाफा बुक गर्ने धेरै हुनसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट