एक बोतल पानीलाई सय रुपैयाँ लिँदा दुई लाख जरिवाना-Sutra News

एक बोतल पानीलाई सय रुपैयाँ लिँदा दुई लाख जरिवाना

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौँ । तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा ६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ ।



पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

सोही स्थानका एक ग्राहकले २० पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट