५० हजार नक्कली नोटसहित युवक पक्राउ-Sutra News

५० हजार नक्कली नोटसहित युवक पक्राउ

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका ७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँसहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन रहेका छन् ।



जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र लागु औषध नाइट्रोजन एक सय ट्याब्लेट बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले हरिनगर ७ स्थित आरोपीको घरमा खोजी गर्दा नक्कली नोट र लागु औषध भेटिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट