यस्तो हुनेछ दशैँको मौसम पूर्वानुमान-Sutra News

यस्तो हुनेछ दशैँको मौसम पूर्वानुमान

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।



दशैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) हुने मौसमको जानकारी सार्वजनिक गरेको हो । यी दिनहरूमा कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

यस्तै, यी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै यी दिनमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाको दाबी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट