कोषसँग भएको ७ बुँदे सहमतिपछि गौशाला धर्मशालामा महानगरपालिकाले राख्यो बोर्ड-Sutra News

कोषसँग भएको ७ बुँदे सहमतिपछि गौशाला धर्मशालामा महानगरपालिकाले राख्यो बोर्ड

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौं। काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको ७ बुँदे सहमतिपछि महानगरले आफ्नो बोर्ड राखेको हो ।



महानगरपालिकाले पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

महानगरको टोली त्यहाँ पुग्दा मारवाडी सेवा समितिका पदाधिकारीले विरोध गरेका थिए । ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

हालै काठमाडौं जिल्ला अदालतले २१ वर्षअघि पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौतालाई खारेज गर्ने निर्णयलाई सदर गरिदिएको थियो । सो फैसलापछि मारवाडी सेवा समितिले सित्तैमा भोग चलन गर्दै आएको पशुपति गौशाला धर्मशालामा क्षेत्र विकास कोषमै फर्किएको थियो ।

आफ्नो स्वामित्वमा फर्किएसँगै कोषले सञ्चालनको लागि महानगरसँग सम्झौता गरेको हो । यद्यपि, यहीबिच मारवाडी सेवा समितिले भने मोहियानी हक दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट