सानिमा बैंकको लाभांश घोषणा, नगद र बाेनस कति ?-Sutra News

सानिमा बैंकको लाभांश घोषणा, नगद र बाेनस कति ?

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडाैं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।



संचालक समितिको बैठकले शेयरधनीहरुलाई कर प्रयोजनसहित ५ दशमलब २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

संचालक समितिको बैठकले बैंकले ७१ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। यसअवधिमा बैंकको चुक्तापुंजी १३ अर्ब ५८ करोड २२ लाख रहेको छ।

बैंकको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट