अमेरिकाले भिसा नदिएसँगै सन्दीप लामिछाने नेपाल फर्किए-Sutra News

अमेरिकाले भिसा नदिएसँगै सन्दीप लामिछाने नेपाल फर्किए

शुक्रबार, २५ असोज २०८१

शुक्रबार, २५ असोज २०८१

काठमाडाैं । आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।



गौशाला २६ नाम गरेकी किशोरीले दिएको बलात्कार अभियोगमा पक्राउ परेपछि अमेरिकाले खारेज गरेको सन्दीपलाई त्यसपछि भिसा दिन अस्विकार गरेसँगै सन्दीप नेपाल फर्किन बाध्य बनेका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सन्दीपले पनि आफू स्वदेश फर्किंदै गरेको जानकारी गराएका छन् ।

आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० सिरिज तथा अभ्यास खेल समेतको तालिका लिएर डेढ महिना अगाडि क्यानडा प्रस्थान गर्ने समयमै सन्दीपले अमेरिकी दूतावासमा भिसा आवेदन दिएपनी अझै होल्डमा छ । तर, सँगै भिसा आवेदन दिएका टिमका सबै खेलाडीलाई अमेरिकाले तीन महिनाको भिसा दिएपनी सन्दीपको आवेदन विचाराधीन राखेपछि सन्दीप क्यानडाको मात्रै भिसा लिएर क्यानडा प्रस्थान गरेका थिए ।

अमेरिकाको भिसा नपाएर सन्दीप स्वदेश फर्किएसँगै फेरि भिसाको प्रक्रिया अगाडि बढाउने क्यानको तयारी छ । गौशाला २६ ले दायर गरेको बलात्कार मुद्दामा उच्च अदालत पाटनको फैसलामा चित्त बुझाउँदै महान्यायाधिवक्ता कार्यालयले समेत सर्वोच्चमा पुनरावेदन नगर्ने औपचारिक निर्णय गरिसकेकाले यसपटक सन्दीपले भिसा पाउने सम्भावना उच्च रहेको स्रोतको दाबी छ ।

यसअघि क्यानडामा तीन खेल हारेको नेपालका लागि अमेरिका र स्कटल्याण्ड सम्मीलित त्रिकोणात्मक शृङ्खला निकै महत्त्वपूर्ण छ । नेपालको तुलनामा अमेरिका र क्यानडा निकै बलियो प्रतिस्पर्धी हुनाले नेपालका प्रमुख लेग स्पिनर सन्दीपलाई जसरी पनि भिसा दिलाउन क्यानले सबै प्रयास गर्नेछ ।

हुन त यसअघि आफ्नै देशमा आयोजित टी-२० विश्वकपमा समेत भिसा नदिएको अमेरिकाले यसपटक पनि भिसा दिन्छ नै भन्ने ग्यारेन्टी भने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट