काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को ओपनिङ उत्साहपूर्ण भएको छ । दसैँको फूलपातीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्मले अघिल्ला चार ओपनिङ्गकै रेकर्डलाई तोडेको हो ।
फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएअनुसार ओपनिङ शोमा फिल्मले दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । जुन यसअघिका चार वटै सिरिजको भन्दा उच्च कलेक्सन हो ।
यसअघि ‘छक्का पञ्जा–३’ले पहिलो दिन नै एक करोड ७० लाख ग्रस कलेक्सन गरेको थियो ।
फिल्म प्रदर्शनको पहिलो दिन अधिकांश हलहरुमा हाउसफूल रहेको ‘छक्का पञ्जा–५’को शुक्रबारको प्रदर्शन पनि उस्तै उत्साहपूर्ण देखिन्छ । शुक्रबार पनि अधिकांश हलहरुमा हाउसफूलको अवस्था छ ।
‘छक्का पञ्जा’ सिरिजको पाँचौं फिल्म ‘छक्का पञ्जा–५’मा हाँस्यव्यंग्यसँगै समाजका विभिन्न बेथितिमाथि प्रहार गरिएको छ । सरकारी सेवाभित्र भएको भ्रष्टाचार र अनियमितताको विषयलाई उठान गरिएको फिल्ममा दीपकसँगै केदार घिमिरे, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।
फिल्म ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।
सम्बन्धित समाचार