राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने-Sutra News

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

शनिबार, २६ असोज २०८१

शनिबार, २६ असोज २०८१

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा टीकाको दिन आज राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्।



राष्ट्रपतिले शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विजयादशमीकाे उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिनेछन्।

साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीका तथा जमरा लगाइदिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट