चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक-Sutra News

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक

आइतबार, २७ असोज २०८१

आइतबार, २७ असोज २०८१

काठमाडौं । नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रकाे हल प्रिन्ट भिडियाे युट्युबमार्फत लिक भएकाे हाे ।



‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रकाे पूर्ण अंश लिक भएकाे थियाे । यद्दपि समाचार तयार गर्दासम्म उक्त च्यानल अनपब्लिस भएकाे छ ।

तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाकाे टिभी नामक च्यानलमार्फत ५८ मिनेटभन्दा बढीकाे भिडियाे सार्वजनिक भएकाे छ ।

सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् ।

बडादशैंको अवसरमा फूलपातीका दिन रिलिज भएकाे चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा निकै सानदार प्रदर्शन गरिरहेकाे छ । प्रदर्शनकाे सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलकाे अवस्था छ ।

यद्दपि, यसरी फूल भिडियाे र क्लिपहरू लिक हुँदा कस्ताे असर गर्ला भन्ने चिन्ता देखिएकाे छ ।

अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएकाे चलचित्र ‘१२ गाउँ’ उनकै छाेरा समिर भट्टले मुख्य अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट