शाे नदिएपछि निश्चलको चेतावनी- ‘बेहुली फ्रम मेघौली’ केही दिनमै हलबाट हटाउँछु-Sutra News

शाे नदिएपछि निश्चलको चेतावनी- ‘बेहुली फ्रम मेघौली’ केही दिनमै हलबाट हटाउँछु

सोमबार, २८ असोज २०८१

सोमबार, २८ असोज २०८१

काठमाडाैं । अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले हलवालाले नेपाली सिनेमालाई शाे घटाएकाे भन्दै असन्तुष्टि जनाएका छन् । नेपाली सिनेमाप्रति दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा हुँदै पनि हलले नेपाली सिनेमालाई प्राथमिकता नदिएकाे बस्नेतकाे आरोप छ ।



‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरु चैँ त्यै हिन्दी फिल्मलाई नै शाे दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ’, बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

आलिया भाटकाे फिल्म ‘जिग्रा’ शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनीमा आएकाे छ। ‘जिग्रा’काे लागि हलवालाहरूले नेपाली सिनेमाकाे शाे कटाैती गरेकाे आराेप बस्नेतकाे छ ।

घटस्थापनाकाे दिन रिलिज भएकाे फिल्म ‘बेहुली फ्रम मेघाैली’ दर्शकले उच्च रूचाइएकाे फिल्ममध्येमा परेकाे छ । फूलपातीदेखि थप बहुप्रतिक्षित मानिएका नेपालीहरू थपिँदै गर्दा पनि ‘बेहुली फ्रम मेघाैली’काे उत्साहमा धेरै घटेकाे थिए ।

बस्नेतका अनुसार गत बुधबार मात्रै ‘बेहुली फ्रम मेघाैली’ फिल्मले ४० लाखको ग्रस कलेक्सन गरेको थियाे । त्यसपछि भने शाे नपाउँदा फिल्म स्वभाविकरूपमा खुम्चिएकाे छ ।

साेमबार बिग मुभिज कमलपाेखरीमा फिल्मले एउटा शाे मात्रै पाएकाे छ । जहाँ प्रिरूपमै हल हाउसफूल छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट