मिथुन र कर्कटका लागि लाभैलाभ, अन्यकाे दिन कस्ताे ?-Sutra News

मिथुन र कर्कटका लागि लाभैलाभ, अन्यकाे दिन कस्ताे ?

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

मेष: पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । बेलुकीपख भने अस्वस्थताको सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।



वृष: दिन शुभ भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुने सम्भावना छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन पनि मुस्किल पर्न सक्छ।

मिथुन: तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ।

कर्कट: स्वास्थ्यमा समस्या आउन सक्छ । बेलुकीपख तपाईंका लागि राज्यबाट लाभ हुने देखिन्छ । स्थान परिवर्तनको विशेष योग देखिन्छ। टाढिएका मित्रसँग नजिकिने समय छ।

सिंह: तपाईंलाई कुनै कुराको लाभ हुने देखिन्छ । तर बेलुकीपख भने अस्वस्थताको सम्भावना छ । प्रेमीबाट विशेष सहयोग मिल्ला। सामाजिक कार्यमा सफलता मिल्नेछ।

कन्या: समय शुभ छ । आर्थिक लाभ, विजय, जीवनसाथीसँग आत्मीयता वृद्धि हुने देखिन्छ । मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ।

तुला: समय शुभ भएकाले कार्य सिद्धि, धन प्राप्ति, सन्तोष, समस्या समाधान हुने देखिन्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक: शुरुमा समस्यामा अल्झिनुपर्ने हुन सक्छ । तर बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख होला । यात्रा रमाइलो हुनेछ। वैदेशिक कार्य अघि बढ्ला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ।

धनु: विविध कुराको लाभ, प्रसन्नता होला । बेलुका भने दौडधूप, पेट गडबड हुन सक्छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।

मकर: समय उत्तम फलदायक छ । धन लाभ, सन्तुष्टि, आर्थिक लाभ, पराक्रम, सम्मान हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ।

कुम्भ:समय शुभ भएकाले मिष्ठान्न भोजन, कार्य सफल, सुख–सन्तोष, धन लाभ हुने देखिन्छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। मन प्रसन्न हुनेछ।

मीन: शुरुमा नोक्सानी, अस्वस्थता हुन सक्छ । बेलुकीपख सफलता, उपहारादि वस्तु प्राप्ति होला । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। लाभदायक यात्रा होला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट