‘फेरि रेशम फिलिलि’को छायांकन सुरु-Sutra News

‘फेरि रेशम फिलिलि’को छायांकन सुरु

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडाैं । चलचित्र ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । निर्माण पक्षले साेमबार शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेको हो ।



शुक्रबार अफिसियल घोषणा गरिएको सिनेमाको आज शुभमुहूर्त गर्दै छायांकन पनि साेमबारबाटै सुरु गरिएको निर्माता रौनक बिक्रम कँडेलले जानकारी दिए ।

सिनेमानको लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् । सिनेमामा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ ।

रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सहनिर्माता एनी थापा हुन् ।

सिनेमा आर्टसको प्रस्तुति रहने सिनेमा दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागे हो । सुजन प्रजापतिको छायांकन रहने सिनेमा सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् ।

पटकथा निरोज महर्जन र आकाश बरालको छ । संगीत कालीप्रसाद बाँस्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट