प्रिसेसनमा बढेन नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रिसेसनमा बढेन नेप्से, आजको कारोबार के होला ?

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडौं । बडा दसैंपछिको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । प्रिसेसनमा नेप्से ०.०९ अंकले घटेको हो । प्रिओपन सेसनसँगै नेप्से २६६८.०८ को बिन्दुमा झरेको छ ।



प्रिसेसनमा कारोबारमा आएका अधिंकाश कम्पनीको मूल्य घटे । कारोबारमा आएका २३ कम्पनीमध्ये १५ को मूल्य घट्दा ७ को मूल्य बढ्यो भने १ को मूल्य स्थिर बन्यो ।

सँगै कारोबार रकम पनि बृद्धि हुन सकेन । यो सेसनमा १ हजार ३१२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ लाख ५८ लाख २०८ रुपैयाँमा सीमित भयो ।

यो सेसनमा हाइड्रो क्षेत्रकै अधिकांश कम्पनीको किनबेच भयो ।

यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते नेप्से परिसूचक ४.८५ अंकले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट