पहिलो कारोबार दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य-Sutra News

पहिलो कारोबार दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडौं । उच्च उतारचढावका बिच दसैंअघि घटेको सुनचाँदीको मूल्य दसैंपछिको पहिलो कारोबार दिन (मंगबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो ।

सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । महासंघले जनाएअनुसार दसैंअघिको कारोबार दिनको तुलनामा चाँदीको मूल्य आज तोलाकै २५ रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ मा चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण स्थानीय बजारमा पनि मूल्य बढेको हो । अन्तराष्ट्रिय बजारमा मूल्यमा घटबढ भइरहँदा त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट