‘छक्कापञ्जा ५’को उत्साह उस्तै, घरेलु बक्सअफिसबाट पाँच दिनमै ८ करोड कलेक्सन-Sutra News

‘छक्कापञ्जा ५’को उत्साह उस्तै, घरेलु बक्सअफिसबाट पाँच दिनमै ८ करोड कलेक्सन

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडौं । दसैंको फूलपातिको दिन रिलिज भएको फिल्म ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो दिन नै रेकर्ड ब्रेक गर्दै कमाई गरेको फिल्मले पाँच दिनकै बिचमा (सोमबारसम्म) ८ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।



फिल्मका वितरक मनोज राठीका अनुसार घरेलु बक्स अफिसमा सोमबारसम्म ८ करोडभन्दा बढी कलेक्सन भएको छ । फिल्मको आम्दानी सोचेभन्दा राम्रो भएको राठीले बताएका छन् ।

मंगलबार पनि हलहरु हाउसफूलकै अवस्थामा देखिन्छन् । उच्च शोसँगै अधिकांश हलहरु हाउसफूलकै अवस्थामा रहँदा फिल्मको कमाई थप बढ्ने देखिएको छ ।

सँगै फिल्मले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा पनि उत्साहपूर्व व्यापार गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्कापञ्जा ५’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटीलगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट