२७ सयको बिन्दु नजिक उक्लियो नेप्से, अबको यात्रा कता ?-Sutra News

२७ सयको बिन्दु नजिक उक्लियो नेप्से, अबको यात्रा कता ?

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडौं । दसैंको बिदापछिको पहिलो कारोबार दिनमा सेयर बजार परिसूचक (नेप्से)मा उत्साहपूर्ण बृद्धि भएको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढ्दै २६९९.६६ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.१७ प्रतिशतले बढ्यो ।



उत्साहपूर्ण बृद्धि हुँदै गर्दा आज उत्पादनबाहेकका सबै क्षेत्रको सूचकमा बृद्धि भयो । उत्पादन समूह ०.२२ प्रतिशत घट्दा सबैभन्दा बढी फाइनान्सको सूचक ४.६१ प्रतिशतले बढ्यो ।

यस्तै, बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २०५ को मूल्य बढ्यो भने ३२ को मूल्य घट्यो । ६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

जानाकी फाइनान्स र मिथिला लघुवित्तको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ प्रतिशतले बढ्यो ।

उच्च बृद्धि भएपनि आज कारोबार रकम भने बढ्न सकेन । ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६ करोड २३ लाख रुपैयाँको भयो ।

आज गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रि, सिइडिबी हाइड्रोपावरलगायतका कारोबारमा आधारमा शीर्ष स्थानमा रहे । आज गुडविल फाइनान्सको मात्रै १८ करोड ५ लाख रुपैयाँको कारोबार भयो ।

उच्च करेक्सन हुँदै २४ सयको बिन्दुसम्म झरेको नेप्से दसैंअघि उत्साहपूर्णरुपमा बढेको थियो । दसैंअघिको अन्तिम कारोबार दिन नेप्से २६६८.१७ अंकको बिन्दुमा उक्लिएको थियो ।

चाडपर्वको प्रभावका बिच पनि नेप्सेले उत्साह देखाइरहेको थियो । दसैंपछिको पहिलो कारोबार दिन भएको उत्साहपूर्ण बृद्धिसँगै नेप्सेले पुरानै लय समातेको संकेत गरेको छ । आगामी कारोबार थप उत्साहपूर्ण हुने अनुमान गर्न गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट