फ्लप बन्याे आलियाको ‘जिगरा’, चौथो दिनमै अधिकांश हलबाट आउट-Sutra News

फ्लप बन्याे आलियाको ‘जिगरा’, चौथो दिनमै अधिकांश हलबाट आउट

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडाैं । ११ अक्टोबरमा रिलिज भएको फिल्म ‘जिगरा’काे कारण अभिनेत्री आलिया भट्ट चर्चामा छिन् । तर, भट्ट चर्चामा रहँदै गर्दा फिल्म भने फ्लप सावित भएकाे छ ।



चार दिनमै फिल्म ‘जिगरा’ अधिकांश हलबाट बाहिरिने अवस्थामा पुगेकाे छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दर्शक नपाएसँगै अधिकांश हलवालाले फिल्मलाई हटाएका छन् ।

फिल्मले भारतभर रिलिजको पहिलो दिन ४.५५ करोड, दोस्रो दिन ६.५५ करोड र तेस्रो दिन ५.५ करोड कमाएको थियो । तर, फिल्मले चौथो दिन मात्र १.५० करोड कमाएको छ, जुन आलियाको करियरकै सबैभन्दा कम कमाई हो ।

भारतीय मिडियाले ‘जिगरा’ आलियाकै करिअरकाे झुर फिल्म भएकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट