काठमाडौं । साताको दोस्रो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । प्रिसेसनमा ५.१२ अंकले बढ्दै नेप्से २७०४.७९ को बिन्दुमा उक्लिएको छ ।
सूचकसँगै प्रिसेसनमा कारोकार रकम पनि बढेको छ । प्रिसेसनमा ४ हजार ३९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ लाख ४१ हजार रुपैयाँको भयो ।
प्रिसेसनमा सबैभन्दा बढी हाइड्रो र फाइनान्स समूहका कम्पनीको कारोबार भयो । लिबर्टी इनर्जी, मल्टी प्रपोज, नेपाल फाइनान्सलगायत कारोबारका आधारमा शीर्ष स्थानमा रहे ।
दसैंपछिको पहिलो कारोबार दिन मंगलबार नेप्से ३१.४८ अंकले बढ्दै २६९९.६६ को बिन्दुमा उक्लिएको थियो । उत्साहपूर्ण बृद्धि हुँदै गर्दा अधिकांश कम्पनीको मूल्य बढेका थिए ।
बुधबार प्रिसेसनले थप उत्साहको माहोल बनाएको छ । प्रिसेसनको माहोललाई हेर्दा नेप्से आजको कारोबार थप बृद्धि हुने देखिन्छ ।