१३ सय रूपैयाँले बढ्दै सुनकाे मूल्यले बनायाे अर्काे रेकर्ड-Sutra News

१३ सय रूपैयाँले बढ्दै सुनकाे मूल्यले बनायाे अर्काे रेकर्ड

बुधबार, ३० असोज २०८१

बुधबार, ३० असोज २०८१

काठमाडाैं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। दसैंपछि खुलेकाे दाेस्राे काराेबार दिन (बुधबार) सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

जुन हालसम्मकै उच्च मूल्य हाे ।

यसअघि असोज १८ गते सुनकाे मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

सुनकाे मूल्य बढ्दै गर्दा नेपाली बजारमा चाँदीकाे मूल्य पनि ह्वात्तै बढेकाे छ । महासंघका अनुसार मंगलबार प्रतिताेला १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार १ हजार ९ सय ५० कायम भएको छ।

जुन मंगलबारकाे तुलनामा २५ रूपैयाँले बढी हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट