निश्चलले खोजे विकल्प, ‘बेहुली फ्रम मेघौली’ अब ओटिटी प्लेटफर्ममा-Sutra News

निश्चलले खोजे विकल्प, ‘बेहुली फ्रम मेघौली’ अब ओटिटी प्लेटफर्ममा

बुधबार, ३० असोज २०८१

बुधबार, ३० असोज २०८१

काठमाडौं । दसैंको घटस्थापनाको मौका पारेर असोज १७ गतेदेखि नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो । प्रदर्शनको सुरुवातदेखि नै फिल्मले उत्साहपूर्ण व्यापार गरेको थियो । देशभरका अधिकांशजसो हल हाउसफूलको अवस्थामा थिए ।



तर, फूलपातीदेखि तीन नेपाली चलचित्र (‘ज्वाइँ साब’, ‘बाह्र गाउँ’ र ‘छक्का पन्जा ५’)मात्रै थपिएनन् हिन्दी चलचित्र पनि थपिए । जसको प्रभाव फिल्म ‘बेहुली फ्रम मेघौली’लाई पर्‍यो ।

यद्यपि, ‘बेहुली फ्रम मेघौली’ले पाएका अधिकांश शो हाउसफूलकै अवस्थामा थिए । तर विडम्बना नै मान्नुपर्छ, फिल्मले अकुपेन्सी राम्रो हुँदाहुँदै शो नै पाएन । फिल्म हेर्न चाहने दर्शक पनि हलबाट फर्किने अवस्था बन्यो ।

जुन घटनापछि फिल्मका अभिनेता तथा निर्देशक निश्चल बस्नेतले फिल्म हलकै विकल्प खोज्ने चेतावनी दिए । बस्नेतले हलवालालाई ‘हिन्दी फिल्म नै देखाउनु म, विकल्प विकल्प खोज्नतिर लाग्छु’ भन्ने सन्देश दिएका थिए ।

यद्यपि, उनको चेतावनीलाई धेरै फिल्म हलवालाले वेवास्ता गरे । शोमा प्राथमिकता दिएनन् ।

हलमा शो नपाएपछि बस्नेतले बिहीबारदेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत हलबाट उतार्दै छिट्टै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने घोषणा गरेका हुन् ।

“भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं”, निश्चलले फेसबुकमा लेखेका छन्।

सम्बन्धित समाचार

शाे नदिएपछि निश्चलको चेतावनी- ‘बेहुली फ्रम मेघौली’ केही दिनमै हलबाट हटाउँछु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट