आज कार्तिक महिनाको पहिलो दिन, तपाईंको राशिफल कस्तो ?-Sutra News

आज कार्तिक महिनाको पहिलो दिन, तपाईंको राशिफल कस्तो ?

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक १ गते बिहीबार । सन् २०२४ अक्टोबर १७ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व पुन्हि, असोज शुक्ल पूर्णिमा तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन आफू कमजोर भएको अनुभूति हुनसक्छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने कोशसि गर्नु उचित हुनेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । मित्रजनको सहयोगबाट आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ ।

बृष

अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने सम्भावना छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बौद्धिक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । जोखिम बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका जुर्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ, ध्यान राख्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आरोग्यता र प्रेमभाव बढ्ने छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

श्रमको उचित मूल्यांकन हुन नसक्ने समय रहेकोले न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने दिन छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । आकस्मिक खर्च बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । प्रेमभाव वृद्धि एवम् यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला

दिन खासै उत्साहजनक नरहन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउनुका साथै लगानी, दौडधुप, श्रम र प्रयत्न निष्फल बन्न सक्ने योग छ । स्वादिष्ट भोजनको अवसर जुरे पनि सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, ध्यान राख्नुहोला ।

बृश्चिक

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्, काममा रोकावट र मान सम्मानमा आघात पार्ने कोशिस हुन सक्छ, तर जित तपाईंकै हुनेछ । लेखन तथा अध्ययन(अध्यापनमा भने त्यति समय दिन नसकिएला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।

धनु

गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ, तर यात्राको व्यवस्थापनमा खर्च हुने देखिन्छ । प्रतिस्पर्धामा लापर्वाही गर्दा निकै नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउन सक्छ, ध्यान राख्नु होला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग भएकाले सबल स्वास्थ्यका लागि विशेष ध्यान राख्नु उचित हुनेछ । पढाइ लेखाइमा समय दिन नसकिएला । सामर्थ्य वृद्धि होला । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नु पर्ने समय छ । सफलताका लागि थप प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ । व्यक्तिगत कमी कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकाले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मीन

व्यस्तता बढ्ने छ । ग्रहयोगले काममा अवरोध आउने देखिए पनि प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आय आर्जन पनि राम्रै हुने समय छ । सन्तान वा अनुयायी र मातृ शक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्म विश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउने छ । सुख विलास पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट