प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, कारोबार पनि उत्साहपूर्ण-Sutra News

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, कारोबार पनि उत्साहपूर्ण

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । बिहीबार ४.८० अंकले बढ्दै नेप्से २७४७.६९ को बिन्दुमा उक्लिएको छ ।



सूचकसँगै प्रिसेसनमा कारोबार रकम उत्साहपूर्णरुपमा बढेको छ । ४६ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६० लाख ७८ हजार रुपैयाँको भयो ।

कारोबार रकमका आधारमा निफ्रा, गुडविल फाइनान्स, सवोत्तम सिमेन्ट, नेपाल फाइनान्सलगायत शीर्ष स्थानमा रहे ।

कारोबारमा आएका ३७ कम्पनीमध्ये २२ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो । २ कम्पनीको भने स्थिर रह्यो ।

यसअघि साताको दोस्रो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक उच्च अंकले बढेको थियो । ४३.२२ अंकले बढ्दै नेप्से २७४२.८८ को बिन्दुमा उक्लिएको थियो ।

बुधबार सूचकसँगै कारोबार रकम पनि बढेको थियो । सरदर केही कारोबार दिनयता ३ अर्बमा सीमित कारोबार साढे पाँच अर्बमाथिको भएको थियो ।

बुधबारको कारोबारले नेप्सेमा उत्साहपूर्ण यात्राको सूरुवात भइरहेको संकेत गरेको थियाे । जसको निरन्तरता आजको कारोबार पनि हुने अपेक्षा बजारका जानकारहरुको छ । जसको संकेत प्रिओपन सेसनले पनि देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट