सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, आजको मूल्य कति ?-Sutra News

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, आजको मूल्य कति ?

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा तोलाकै ६ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको हो ।



महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि बुधबार मंगलबारको तुलनामा प्रतितोला १३ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबारको कायम भएको सुनको मूल्य पनि बुधसम्मकै उच्च थियो ।

सुनको मूल्यले किर्तिमानी कायम गरिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य भने आज स्थिर छ । उच्च मूल्य बृद्धिपछि बिहीबार चाँदीको मूल्य बुधबारकै तुलनामा प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २६८३.६ डलरमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ । जसको प्रभावस्वरूप नै केही दिनदेखि मूल्यमा तिव्र घटबढ चलिरहेको महासंघले जनाएको छ ।

मध्यपूर्वी देशहरुमा बढिरहेको द्वन्द्वको कारण विश्वभर सुनको खपतमा बृद्धि हुँदा मूल्य आकासिएको जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट