दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ निरन्तर ट्रेन्डिङमा-Sutra News

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ निरन्तर ट्रेन्डिङमा

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । बक्स अफिसमा हिट बनेको नेपाली फिल्म ‘जारी’ युट्युव प्लेटफर्ममा समेत सर्वाधिक रोजाइको फिल्म बनेको छ । दसैंको अवसर पारेर १० दिनअघि अक्टोबर ७मा युट्युवमा रिलिज भएको फिल्म सर्वाधिक रोजाइमा परेको हो ।



युट्युवमा छोटो समयमै फिल्मले आकर्षक भ्यूज मात्रै बटुलेको छैन निरन्तर ट्रेन्डिङको पहिलो स्थानसमेत ओगटिरहेको छ । १० दिनको बिचमा फिल्मले ७८ लाख ७५ हजारभन्दा बढी भ्यूज बटुलेको छ ।

फिल्मलाई २ लाख ३२ हजारभन्दा बढीले लाइक रियाक्ट गरेका छन् भने ११ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

गरिएका अधिकांश कमेन्ट सकारात्मक छन् । जहाँ धेरैले ‘वाह !’ अनि ‘उत्कृष्ट’ लेखेका छन् ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ गत वर्षको वैशाख १ मा हलमा रिलिज भएको थियो । जसले घरेलु बक्सअफिसमा १७ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

चलचित्र विकास बोर्डको तथ्यांकलाई हेर्दा, गत वर्षको सर्वाधिक सफलमध्येको फिल्ममा ‘जारी’ फिल्म पनि पर्दछ ।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’मा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बुलगायतले पनि अभिनय गरेका छन् ।

फिल्म हेर्न लिंकमा जानुहाेला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट