बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा समस्या, गरियो सुरक्षित अवतरण-Sutra News

बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा समस्या, गरियो सुरक्षित अवतरण

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१
फाइल तस्बिर

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘नाइन एन एजेएस’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ ।



बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ,” उनले भने, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।”

‘आज बिहान माउन्टेन फ्लाइट, उडान नम्बर १०० विमानको ‘कल साइन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ ।

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौँबाट माउन्टेन फ्लाइटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताए ।

हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनै पनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट