प्रधानमन्त्री ओलीविरुद्ध युवराजले दिए उजुरी, हदैसम्म कारबाही गर्न माग-Sutra News

प्रधानमन्त्री ओलीविरुद्ध युवराजले दिए उजुरी, हदैसम्म कारबाही गर्न माग

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हदैसम्मको कारबाहीको माग गरी उजुरी परेको छ ।



सिन्धुलीका युवराज पौडेल (सफल)ले बिहीबार आयोगमा उजुरी दर्ता गरी हदैसम्मको कारबाहीको माग गरेका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गर्न भनिएको छ ।

पार्टी कार्यालय निर्माणका नाममा व्यापारीसँग जग्गा लिएर भवन बनाइदिने भनेको भन्दै नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीविरुद्ध उजुरी परेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधनसहित)ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्रीले कानून उल्लंघन गरेको जनाइएको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालय भवन निर्माण गर्न काठमाडौँको कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए ।

गुरुङले पार्टी कार्यालयसमेत बनाइदिने गरी जग्गा दान दिएपछि एमालेकै नेता तथा कार्यकर्ताले विरोध जनाउँदै आएका छन् । पछिल्लो समय यस विषय विवादमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट