किन झनो अंकको बृद्धिमै सीमित बन्यो नेप्से ?-Sutra News

किन झनो अंकको बृद्धिमै सीमित बन्यो नेप्से ?

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । लगातार बृद्धिका बिच साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । उच्च उतारचढावका बिच बिहीबार २.४७ अंकले बढ्दै नेप्से २७४५.३६ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनदेखि नै बढेको नेप्सेमा अन्तिम कारोबार समय उच्च उतारचढाव आएको थियो ।

झिनो अंकले बढेपनि नेप्सेमा कारोबार रकम भने उत्साहपूर्ण बृद्धि भएको छ । बिहीबार १ करोड ८८ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब १९ करोड २७ लाख रुपैयाँको भयो । जुन केही सातायताकै उच्च कारोबार हो ।

आज केही समूहको सूचक बढ्यो भने केहीको घट्यो । १३ मध्ये ७ समूहको सूचक बढ्दा ६ समूहको घट्यो । सामूहिक लगानीको सबैभन्दा बढी १.४० प्रतिशतले सूचक बढ्दा व्यापारको सबैभन्दा बढी २.१० प्रतिशतले सूचक घट्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १४२ को मूल्य घट्यो भने ८९ को मात्रै मूल्य बढ्यो । १३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा कुमारी बैंक, हिमाल दोलखा प्रमोटर सेयर, हिमालयन रिलगायत शीर्ष स्थानमा रहे ।

पछिल्लो चार कारोबार दिनदेखि नेप्से निरन्तर उकालोमा छ । चार कारोबार दिनकै बिचमा नेप्सेमा ८२ अंकको बृद्धि भएको छ । जसको प्रभाव किन्नेसँगै नाफा बुक गर्नेको चाप पनि बढेको छ ।

बिहीबारको कारोबारमा अन्तिम समय बिक्री चाप बढ्दा नै नेप्सेमा झिनो अंकको बृद्धि भएको देखिन्छ । झण्डै ४५ अंकको उतारचढावपछिको झिनो अंकको बृद्धि सेलिङ्ग प्रेसरले बढाएको देखिन्छ ।

यद्यपि, नेप्सेले बृद्धिको यात्रालाई भने कायमै राखेको छ । जसले आगामी दिन थप सकारात्मक हुने संकेत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट