बीपी राजमार्गको कष्टकर यात्रा गरी उपत्यका भित्रिनेको चाप बढ्यो-Sutra News

बीपी राजमार्गको कष्टकर यात्रा गरी उपत्यका भित्रिनेको चाप बढ्यो

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । हिन्दु धर्मालम्बीको महान पर्व बडादशैँको समापनसँगै पूर्वी नेपालबाट राजधानी उपत्यका फकर्ने यात्रुको संख्या बढेको छ । जसका कारण बीपी राजमार्गमा सवारी चाप बढेको छ ।



बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा सवारी चाप बढेकाले यात्रा कष्टकर बनेको छ । बाढी पहिरोले सडक बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सुरु गरिएको छ ।

सडकको अवस्था राम्रो नहुँदा केही स्थानमा एकतर्फी भएकाले सवारी साधान लामो जाममा पर्ने गरेका छन् । दशैँअगाडि सडक बगाएपछि सडक डिभिजनले यात्रुहरूको सहजताका लागि डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएकाले समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ । बाढी पहिरोले बीपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट