विषाक्त मदिरा पिएसँगै २० जनाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी-Sutra News

विषाक्त मदिरा पिएसँगै २० जनाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाले ज्यान गुमाएका छन् । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको मृत्यु भएको हो ।



चाप्राका प्रहरी अधिकारी कुमारले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताए । उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ । आठ जनाविरुद्ध उजुरी दर्ता गरिएको छ ।

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् ।

विरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक विरामीका आफन्तले दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट