तीन दलका शीर्ष नेताबीच बन्यो सहमति, ‘सर्च कमिटी’लाई पूर्णता दिने तयारी-Sutra News

तीन दलका शीर्ष नेताबीच बन्यो सहमति, ‘सर्च कमिटी’लाई पूर्णता दिने तयारी

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । प्रमुख तीन दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल ‘सर्च कमिटी’लाई पूर्णता दिने सहमति भएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

आयोग गठन गर्न अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो । बस्नेतले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको र शीर्ष दलबीच सहमति भएको जानकारी दिएका हुन् ।

उनले एक दिनमै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुंगो लाग्ने दाबी गरे । आयोगमा रहने पदाधिकारीको सिफारिस सर्च कमिटीले गर्ने उनको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए ।

गत भदौ १३ गते राष्ट्रपतिबाट उक्त आयोगसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट