बक्स अफिसको कलेक्सन बढाउँदै ‘छक्का पञ्जा ५’, पछ्याउँदै ‘१२ गाउँ’-Sutra News

बक्स अफिसको कलेक्सन बढाउँदै ‘छक्का पञ्जा ५’, पछ्याउँदै ‘१२ गाउँ’

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । नेपाली हिन्दु धर्मालम्बीहरूको ठूलो पर्व विजया दशमीको अवसर पारेर प्रदर्शनमा आएको तीन चलचित्र दोस्रो सातामा प्रवेश गरेको छ ।



जसमध्ये निर्माता तथा अभिनेता दिपकराज गिरी र दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ५’ र विराट भट्ट निर्माता, निर्देशक एवं अभिनय रहेको तथा विराज पुत्र समीरले डेब्यु गरेको ‘१२ गाउँ’बीच घरेलु बक्स अफिसमा कडा प्रतिस्पर्धा भएको छ ।

जितु नेपाल अभिनित ‘ज्वाईं साब’ले पनि पछिल्ला दिनमा आफ्नो व्यापार वृद्धि गरे पनि दुई चलचित्रको तुलनामा निकै पछाडि परेको छ । दिपक-दिपाको ‘छक्का पञ्जा ५’ले आफ्नो लगानी सुरक्षित गरेको छ । यो फिल्मले बम्पर ओपनिङ गरी घरेलु बक्स अफिसमा आजसम्म ११ करोड हाराहारीको ब्यापार गरेको छ ।

बुधबारदेखि घरेलु बक्स अफिसमा ‘छक्का पञ्जा ५’लाई विराजको १२ गाउँले क्युएफएक्स लगायतमा आफ्नो शो विस्तार गरेको छ । रिलिज भएको दोस्रो हप्तासम्म यी दुई फिल्मले दर्शकको उत्साहपूर्ण साथ पाएकाले घरेलु बक्स अफिसमा थप व्यापार गर्ने आंकलन गरिएको छ ।

प्रदर्शनको सुरुवातमा ‘छक्का पञ्जा ५’भन्दा कम शो पाएको ‘१२ गाउँ’ले प्रदर्शनको दोस्रो हप्तामा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

‘छक्का पञ्जा ५’का निर्माता तथा अभिनेतासमेत रहेका दिपकराजकै लगानीमा रहेको आईएनआई सिनेमा हलमा समेत ‘१२ गाउँ’ले ‘छक्का पञ्जा ५’सँग बराबर शो पाउँदा यी दुई फिल्मबीच कुन स्तरको प्रतिस्पर्धा छ भन्ने प्रष्ट हुन्छ । प्रदर्शनको दोस्रो हप्तासम्म ‘१२ गाउँ’ले नौ करोड हाराहारीको ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शनको दोस्रो सातासम्म दुवै चलचित्रले आफ्नो उत्कृष्ट व्यापारलाई निरन्तरता दिँदा घरेलु बक्स अफिसमा ‘छक्का पञ्जा ५’लाई ‘१२ गाउँ’ले प्रदर्शन संख्याको आधारमा पछि पारेको छ ।

यता, ‘छक्का पञ्जा ५’ले आजदेखि मध्यपूर्वका युएई, साउदी अरेबिया, ओमानका साथै बहराइनका ५० भन्दा धेरै स्थानमा एकसाथ प्रदर्शनमा आएको छ ।

मध्यपूर्वमा रहेका दर्शकको उत्साहपूर्ण साथ पाउँदा बक्स अफिस कलेक्सनमा ‘छक्का पञ्जा ५’ थप बलियो बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट