हर्क साम्पाङले विधि विधान कुल्चिँदै मामा ससुरा खाेज्दा…-Sutra News

हर्क साम्पाङले विधि विधान कुल्चिँदै मामा ससुरा खाेज्दा…

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर ताेकिएकाे विषयले विवाद उत्पन्न भएको छ । बेलायत भ्रमणमा निस्किएका उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि विवाद उत्पन्न भएकाे हाे ।



उपप्रमुख हुँदाहुँदै प्रमुख साम्पाङले कानुन विपरित वडाध्यक्षलाई कार्यवाहककाे जिम्मेवारी दिएका थिए । उनले उपप्रमुखकाे ठाउँमा वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यबहाककाे जिम्मेवारी ताेकेका छन् ।

साम्पाङले नाताले मामा ससुरा वडाध्यक्षलाई कार्यबाहक दिएर बेलायत निस्किएपछि उपप्रमुख अईन्द्र बेघा अदालत जाने तयारीमा जुटेका छन् भने धरानका सबैजसाे राजनीतिक दल साम्पाङकाे कदमकाे विराेधमा उभिएका छन् । दलहरूले सामूहिकरूपमा वक्तव्य जारी गर्दै साम्पाङ कदमकाे विराेध गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका नगर अध्यक्षहरूले संयुक्त वक्तत्व जारी गर्दै साम्पाङको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जनाएका छन् । नेपाली कांग्रेसले दलहरूसँग वक्तव्यमा सहभागि नभएपनि कांग्रेस नेता तथा धरानका पूर्वमेयर तिलक राईले स्थानीय सरकार संचालन ऐन विपरीत कार्यवाहक दिइएको टिप्पणी गरेका छन् ।

यसअघि २०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै उनको सट्टामा वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उक्त मुद्दा उच्च अदालत विराटनगरमा पुगेको थियो । जसमा विराटनगर उच्च अदालतले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट