‘पूर्ण बहादुरको सारंगी’को ट्रेलर : बाबु र छोराकाे भूमिकामा यस्ताे देखिए विजय र प्रकाश-Sutra News

‘पूर्ण बहादुरको सारंगी’को ट्रेलर : बाबु र छोराकाे भूमिकामा यस्ताे देखिए विजय र प्रकाश

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडाैं । कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पूर्ण बहादुरको सारंगी’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हाे ।



३ मिनेट २६ सेकेण्डको ट्रेलरले फिल्मको कथासार बाेलेकाे छ । निकै मर्मस्पर्शी ढंगले देखाइएकाे ट्रेलरमा सारंगी बजाएर जीविकोपार्जन गर्ने समुदायको संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथा बाेलिएकाे छ ।

सँगै फिल्मले बाबु र छोराबीचको सम्बन्धलाई पनि देखाएकाे छ । निकै कठिनाइका बावजुद बाबुले आफ्नो छोरालाई शिक्षाको माध्यमबाट राम्रो भविष्य प्रदान गर्न गरेकाे संघर्ष फिल्ममा देखाइएकाे छ ।

विजय बराल र प्रकाश सपुत मुख्य भूमिकामा रहेकाे फिल्ममा अञ्जना बराईली, अलिसा बास्तोला, मुकुन भुषाल, बुद्दि तामाङ लगायत कलाकारहरूको अभिनय छ।

सरोज पौडेलले लेखन तथा निर्देशन गरेकाे फिल्मकाे विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट