रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले किन दिए राजीनामा ?-Sutra News

रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले किन दिए राजीनामा ?

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले अनुशासन आयोगको पदबाट राजीनामा दिएको जानकारी दिए ।



उपप्रमुख न्यौपानलेले पार्टी स्थापनादेखि अहिलेसम्म पदमा बसेर काम गरेको जानकारी दिँदै पार्टीको विधानअनुसार राजीनामा दिएको बताएका हुन् । ‘विगत दुई वर्षको अवधिमा मेरो क्षमता र योग्यताले भ्याएसम्म योगदान दिएको कुरा सबैलाई अवगत छ,’ उनले भने, ‘यही भदौमा सम्पन्न भएको पार्टीको पहिलो राष्‍ट्रिय सम्मेलनले निर्णयबमोजिम पार्टीको पहिलो महाधिवेशन आमागी बैशाख २४–२६ मा आयोजना हुने घोषणा भएको छ, अनुशासन आयोगको सदस्यले सक्रिय राजनीति गर्न कम्तिमा ६ महिनाको कुलिङ पिरियड हुनु पर्ने व्यवस्था रहेको हुँदा वैधानिक व्यवस्थाबमोजिम पार्टीका जिम्मेवार पदाधिकारीसँग सल्लाह गरी मैले राजीनामा दिएको अवस्था हो ।’

उनले आफूले पार्टी नछाडेको स्पष्ट पार्दै थप सशक्त भएर पार्टी राजनीतिमा लाग्ने जनाएका छन् । ‘मैले पार्टी छाडेको नभई पार्टीको सक्रिय राजनीतिमा आउने बाटो खोल्न मात्र यो कार्य गरेको हुँ,’ उनले थपे । स्रोतका अनुसार न्यौपानेले दशैँअगाडि राजीनामा बुझाएको र स्वीकृत भएको थियो ।

अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण हुँदा तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत भएको अवस्थामा उनले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।

देवकोटा अमेरिका हुँदा तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले नै स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट