सरकारको सय दिन सफल भएको मन्त्री चौरसियाको दाबी-Sutra News

सरकारको सय दिन सफल भएको मन्त्री चौरसियाको दाबी

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । कानून न्याय तथा संघीय मामिला मन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।



“प्रमुख दुई दल नेपाली कांग्रेस, नेकपा एमालेसहित अन्य दलहरूबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ,” उनले भने ।

नेपाल प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा दशैँ, तिहार, छठ र नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने जानकारी दिए ।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानून पारित हुने बताए । उनले भने, “आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट